३० जेठ २०८३, शनिबार

सुजाता कोइराला र चन्द्र भण्डारीसहित १९ जना कांग्रेस केन्द्रीय समितिमा मनोनीत

बैशाख २८, २०८३
काठमाडौं
सुजाता कोइराला र चन्द्र भण्डारीसहित १९ जना कांग्रेस केन्द्रीय समितिमा मनोनीत

नेपाली कांग्रेसले १९ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेको छ ।

सभापति गगन थापाले सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार मनोनीत हुनेहरूमा महेन्द्र यादव- धनुषा, जीवन परियार- कास्की, उमेश श्रेष्ठ- चितवन, रमेश रिजाल- पर्सा, सुजाता कोइराला- मोरङ, दीलेन्द्रप्रसाद बडू- दार्चुला, डा. चन्द्रकान्त भण्डारी- गुल्मी, अजयकुमार चौरसिया- पर्सा, लक्ष्मी परियार- उदयपुर र आङ्गेलु शेर्पा- सोलुखुम्बु रहेका छन् ।

यसैगरी, दिनेशकुमार यादव- सप्तरी, राजीव कोइराला- सुनसरी, राजीव ढुंगाना- सुनसरी, प्राडा गोविन्दराज पोखरेल- प्युठान, सुशीला मिश्र भट्ट- कैलाली, नागिना यादव- महोत्तरी, दिनेश कोइराला- चितवन, डा. जीवन राना- कैलाली र सीता थपलिया (उर्मिला)- धादिङ रहेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्