२९ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री यादवले आगामी जेठ १ गते विश्वासको मत लिने

बैशाख २८, २०८३
धनुषा
मुख्यमन्त्री यादवले आगामी जेठ १ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते विश्वासको मत लिने भएका छन् ।

आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिए ।

पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार जेठ १ गते विश्वासको मत लिन लागिएको हो ।

मधेश प्रदेशसभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन कायम राख्ने हिजो चारै दलको बैठकले सहमति गरेपछि मन्त्रिपरिषद्को बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको छ ।

मधेश प्रदेशसभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका आठ प्रदेशसभा सदस्य छन् । चार दलबीच गठबन्धन कायम रहेको अवस्थामा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन रहने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्