२० असार २०८३, शनिबार

बालेनबारेको दुई विषयमा कांग्रेसले उठायो प्रश्न

बैशाख २८, २०८३
काठमाडौं
बालेनबारेको दुई विषयमा कांग्रेसले उठायो प्रश्न

नेपाली कांग्रेसले सङ्घीय संसद्को संयुक्त बैठक जारी रहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। 

प्रवक्ता देवराज चालिसेले सोमबार एक विज्ञप्ति जारी गर्दै यसलाई संसदीय मर्यादा र संवैधानिक परम्पराविपरीतको कार्य भन्दै टिप्पणी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै हिँड्नुले अप्रिय सन्देश दिएको र यसले संस्थागत गरिमामा चोट पुर्‍याएको कांग्रेसको ठहर छ। 

यस्तै, प्रधानमन्त्रीको पोशाकलाई लिएर पनि कांग्रेसले प्रश्न उठाएको छ। राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान र प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यासलाई प्रधानमन्त्रीले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ।

संसद् लोकतान्त्रिक संस्कार र राष्ट्रिय सभ्यता प्रदर्शन गर्ने सर्वोच्च थलो भएको भन्दै कांग्रेसले यस्ता अस्वाभाविक शैलीले संसदीय प्रणालीकै अपमान हुने बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्