२४ जेठ २०८३, आइतबार

चोरीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

बैशाख २९, २०८३
ललितपुर
चोरीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुरको ललितपुर महानगरपालिका- २ सानेपा खरीबोट बस्ने सप्तरीका २४ वर्षीय समीर चौधरी, कुपण्डोलकी ४८ वर्षीया पूजा शर्मा जोशी र काठमाडौं महानगरपालिका- २२ न्यूरोडस्थित कृष्णा डाइमण्ड नामक सुनचाँदी सञ्चालन गरी बस्ने भारत घर भएका ४५ वर्षीय श्रवण कुमार रहेका छन् ।

विभिन्न मितिमा ललितपुर महानगरपालिका- २ सानेपा डेरा गरी बस्ने मिन झाको कोठाबाट करिब १८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र वविता छिनाल परियारको कोठाबाट करिब १५ लाख ३५ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट सुनका विभिन्न गरगहना र नगद २२ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा समीर गरगहना चोरी गर्ने, पूजा चोरीका गरगहना बिक्री गर्ने र श्रवण चोरी गरगहना खरिद तथा गाल्ने कार्यमा संलग्न रहेको खुलेको छ ।​​

उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्