
नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनीत गरिएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले अर्याललाई उपनेतामा मनोनीत गरेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
एमाले सचिव अर्याल समानुपातिक सांसद हुन् ।
पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानीलाई मनोनीत गरेको थियो ।