०८ साउन २०८३, शुक्रबार

प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल

बैशाख ३०, २०८३
काठमाडौं
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताबिच प्रदेश सरकार हेरफेर लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

छलफलका लागि भक्तपुरस्थित ओली निवासमा मंगलबार साँझ कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा पुगेका थिए । 

दुई दलबीच यसअघि भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा मुख्य रूपमा कुराकानी भएको थियो । छलफलमा कांग्रेस, एमाले र नेकपालाई समेत सहकार्यमा लैजाने विषयमा आन्तरिक संवाद भएको बताइएको छ ।

स्रोतका अनुसार पुरानो समझदारीअनुसार सुदूरपश्चिम र कोशी प्रदेश सरकारलाई निरन्तरता दिने, कर्णाली र लुम्बिनीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने तथा गण्डकी र बागमतीमा एमालेले नेतृत्व लिने गरी छलफल भएको छ । यसबारेमा थप छलफल गरेर निष्कर्षमा पुग्ने दुई पक्षबीच समझदारी बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्