
सभामुख डीपी आर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलरबार प्रतिनिधिसभामा बोलेको कुरा रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।
सभामुख आर्यालले बुधबार बादलको कुरा रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका हुन् ।
थापाले बोलेको विषयमा रास्वपाका सांसद मनिष खनालले मंगलबार नै रेकर्डबाट हटाउन नियमापत्ति गरेका थिए । सो कुरा सांसद खनालले बुधबार पनि स्मरण गराएका थिए ।
खनालले बोलेपछि एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्तिको लागि समय मागेका थिए । तर, सभामुख आर्यालले महरलाई समय दिएनन् र बादलको बोली रेकर्डबाट हटाउन रुलिङ गरे ।
एमाले उपाध्यक्षसमेत रहेका बादलले मंगलबारको संसद् बैठकमा नेपाली सेनाको चर्को आलोचना गरेका थिए।