०८ साउन २०८३, शुक्रबार
नयाँ संसद्लाई पुरानै रोग

प्रधानमन्त्री खोज्दै विपक्षी दलले अवरोध गरेपछि नयाँ प्रतिनिधिसभा बैठक पहिलोपटक स्थगित

बैशाख ३०, २०८३
काठमाडौं
प्रधानमन्त्री खोज्दै विपक्षी दलले अवरोध गरेपछि नयाँ प्रतिनिधिसभा बैठक पहिलोपटक स्थगित

सरकारका नीति तथा कार्यक्रममाथिको सहभागी उपस्थित हुन र जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह स्वयं उपस्थित हुनुपर्ने विपक्षी दलको अडानका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

फागुन २१ गतेको चुनावपछि बनेको प्रतिनिधिसभा विपक्षीको अवरोधका कारण पहिलोपटक स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेर बैठक स्थगित गरेर समाधान खोज्न आग्रह गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।

सभामुखले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न दिएपछि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । विपक्षीको विरोधपछि रोष्ट्रममा पुगेका मन्त्री फिर्ता भएका थिए ।

त्यसअघि संसद्‌मा झण्डै एक घण्टा विपक्षी दलका सांसदले अवरोध गरेका थिए । संसद्ले प्रधानमन्त्रीको आवाज सुन्न चाहेकाले बालेनले नै प्रस्ताव पेस गर्नुपर्ने नेकपाका सचेतक युवराज दुलालले बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले संसद्‌मा विरोध जनाएका थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक नै वहिस्कार गरेका छन् ।

एमाले उपाध्यक्ष गुरू बरालले प्रधानमन्त्री के कारणले संसद्‌मा उपस्थित हुन नसकेको भन्ने जवाफ चाहिने बताए । विपक्षीको विरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि भन्दै बुधबार दिउँसो सवा १ बजे स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्