२५ जेठ २०८३, सोमबार

विनियोजन विधेयकमा बालेन सरकारका पाँच सिद्धान्त र प्राथमिकता

बैशाख ३१, २०८३
काठमाडौं
विनियोजन विधेयकमा बालेन सरकारका पाँच सिद्धान्त र प्राथमिकता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । 

अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता बिहीबार साँझ बसेको संसद् बैठकमा पेस गरेका हुन् । 

सरकारले विनियोजन विधेयकका पाँचवटा प्राथमिकता पेस गरेको छ । जसमा सुशासनको लाभांश,  अर्थतन्त्रको पुनसंरचना, सन्‍निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्‍नयन र मध्यमवर्गको विस्तार, सौम्य शक्तिको सुदृढीकरण राखिएको छ । 

त्यस्तै, विनियोजन विधेयका प्राथमिकता पनि पाँचवटा नै समावेश गरिएको छ । जसमा पहिलो सेवा प्रवाहका लागि कानूनी-संस्थागत सुधार र सूचना-प्रविधिको समुपयोग राखिएको छ ।

त्यस्तै, दोस्रोमा आर्थिक वृद्धिका क्षेत्रगत स्रोतहरूको पुन:प्राथमिकीकरण राखिएको छ ।  तेस्रोमा भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, चौथोमा अवसरको समानताका लागि सामाजिक लगानी  र पाँचौंमा बहुआयामिक अन्तर्राष्‍ट्रिय सम्बन्धको विविधीकरण राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्