२६ असार २०८३, शुक्रबार
प्रतिनिधिसभा बैठक

प्रधानमन्त्रीलाई बोलाउन रुलिङको माग गर्दै प्रतिनिधिसभामा विपक्षी दलको अवरोध

बैशाख ३१, २०८३
काठमाडौं
प्रधानमन्त्रीलाई बोलाउन रुलिङको माग गर्दै प्रतिनिधिसभामा विपक्षी दलको अवरोध

सरकारका नीति तथा कार्यक्रममाथि संसद्‌मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्रीको तर्फबाट जवाफ दिन समय दिएपछि विपक्षी दलले विरोध जनाएका हुन् ।

सभामुखसँग समय लिएर नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बाहेकको जवाफ नसुन्ने बताइन् ।

‘प्रधानमन्त्रीलाई यो सदनले देख्न नपाउने हो, सुन्न नपाउने हो ? यो सभामुखकै अपमान होइन र ?’ थापाले भनिन्, ‘प्रधानमन्त्रीलाई बोलाउन सभामुखको रुलिङ चाहन्छौं, सदनमा बोलाइयोस् । प्रधाननमन्त्री नआउँदासम्म अवरोध रहन्छ ।’

नेकपा एमालेका ऐन महर, नेकपाका युवराज दुलाल, श्रम संस्कृति पार्टीका आरेन राईले बालेन संसद्‌मा आएर जवाफ दिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्