०७ साउन २०८३, बिहीबार

ठूला परियोजनाका प्रमुखसँग सम्झौता गरी परिणाममा आधारित मूल्यांकन प्रणाली लागू गरिने

बैशाख ३१, २०८३
काठमाडौं
ठूला परियोजनाका प्रमुखसँग सम्झौता गरी परिणाममा आधारित मूल्यांकन प्रणाली लागू गरिने

सरकारले ठूला परियोजनाका प्रमुखसँग सम्झौता गरी परिणाममा आधारित मूल्यांकन प्रणाली लागू गर्ने भएको छ । 

बालेन्द्र शाह नेतृत्व सरकारको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा यस्तो विषय उल्लेख गरेको हो । 

ठूला परियोजनाहरूको आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्दै निश्चित कार्यकाल, स्पष्ट जिम्मेवारी र परिणाममा आधारित मूल्यांकन प्रणाली लागू गर्ने कुरा उल्लेख गरिएको छ । 

यस्तै वन, वातावरण, जग्गा प्राप्ति, सार्वजनिक खरिद तथा निर्माण सामग्रीसम्बन्धी प्रक्रियालाई सरलीकृत गर्दै रणनीतिक आयोजनाहरूलाई ‘मिसन मोड’मा कार्यान्वयन गर्ने सरकारको प्राथमिकतामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्