१७ असार २०८३, बुधबार

लुम्बिनीमा मन्त्रालयको संख्या अब ८ वटा मात्रै !

जेठ १, २०८३
बुटवल
लुम्बिनीमा मन्त्रालयको संख्या अब ८ वटा मात्रै !

लुम्बिनी प्रदेश सरकारमा आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ वटा कायम हुने भएको छ ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या ८ कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरवलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ । 

लुम्बिनीमा हाल १२ वटा मन्त्रालय छन् । 

प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेस गर्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता दिनेश पन्थीले बताए ।

पढ्नुहोस् यो पनि-

लुम्बिनीमा मन्त्रालय घटाएर 'सिंगल डिजिट'मा झार्ने तयारी

salt training

कमेन्ट गर्नुहोस्