२४ जेठ २०८३, आइतबार

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

जेठ १, २०८३
काठमाडौं
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको साँवा र ब्याज ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । 

महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनका अनुसार उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट १२ अर्ब बराबरको ऋण लिएको थियो ।

कूल तिर्न बाँकी साँवा तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख बराबर रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्