
अमेरिकाले फेरि एक पटक इजरायल र लेबनानबीच युद्धविरामको मध्यस्थता गरेको छ। अमेरिकाले दुवै देशले ४५ दिनको युद्धविराममा सहमति जनाएको घोषणा गरेको हो ।
वाशिंगटन, डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश मन्त्रालयले घोषणा हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भने, 'दुवै देशका सैन्य टोलीहरू समावेश गर्दै मे २९ मा पेन्टागनमा सुरक्षा वार्ता शुरू हुनेछ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अप्रिल १६ मा युद्धविरामको घोषणा गरे पनि इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी रहेको थियो ।
बुधबार लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा दक्षिणी क्षेत्रहरूमा २२ जनाको मृत्यु भएको रिपोर्ट गरेको थियो, जसमा आठ बालबालिका पनि समावेश थिए ।