
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार ५०० र चाँदी ३३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ६० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एकऔँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।