३० जेठ २०८३, शनिबार

संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउनुपर्छ : अर्जुननरसिंह केसी

जेठ ३, २०८३
काठमाडौं
संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउनुपर्छ : अर्जुननरसिंह केसी
फाइल फोटो

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका छन् ।

‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताएका हुन् ।

आयोगले संसद्‌भित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उनको भनाइ छ । संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको उनले बताए । 'कुनै पूर्वप्रधानन्यायाधीशको अथवा राष्ट्रले चिनेको संविधानविद् र विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस्, संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व नगरी व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्र विन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्छ,' नेता केसीले भने ।

salt training

कमेन्ट गर्नुहोस्