२९ जेठ २०८३, शुक्रबार
मध्यपूर्व तनाब फेरि बढ्ने संकेत

हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे, इरानमा नयाँ हमलाको तयारी हो ?

जेठ ४, २०८३
काठमाडौं
हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे, इरानमा नयाँ हमलाको तयारी हो ?
फाइल तस्वीर

इजरायली मिडिया रिपोर्टकाअनुसार जर्मनीमा रहेको अमेरिकी सैन्य अड्डाबाट हतियार र गोलाबारुद बोकेका दर्जनौं कार्गो विमानहरू तेल अभिभ आइपुगेका छन्। यो इरानविरुद्ध सम्भावित नयाँ आक्रमणको तयारी मानिन्छ ।

इजरायली च्यानल १३ ले दाबी गरेअनुसार ठूलो मात्रामा गोलाबारुद बोकेका अमेरिकी कार्गो विमानहरू इजरायल आइपुगेको हुन्।  रिपोर्टमा यो ढुवानी इरानविरुद्ध युद्ध पुनः शुरू गर्ने तयारीको एक हिस्सा मानिएको छ। 

यही समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ता गरिरहेका छन् । रिपोर्टका अनुसार, अमेरिका र इजरायलले इरानमाथि नयाँ आक्रमणको लागि सैन्य विकल्पहरूबारे छलफल गरिरहेका छन् । हालै, ट्रम्पले इरानलाई समय सकिँदै गएको र यदि यो चाँडै सम्झौतामा पुगेन भने, केही बाँकी रहने छैन भनेर चेतावनी पनि दिएका थिए । 

नेतान्याहू र ट्रम्पले आइतबार इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे छलफल गरेका थिए । द टाइम्स अफ इजरायलका अनुसार, नेतान्याहू र ट्रम्पले फोनमा इरान युद्धको नयाँ सम्भावना र ट्रम्पको हालैको चीन भ्रमणबारे छलफल भएको हो । 

कुराकानीपछि नेतान्याहूले आफ्ना शीर्ष मन्त्रीहरू र अधिकारीहरूसँग जेरुसेलममा सुरक्षा बैठक बोलाएका छन् । 

एक्सियोसको रिपोर्टअनुसार, ट्रम्पले इरानविरुद्ध सैन्य विकल्पहरूबारे छलफल गर्न मंगलबार सिचुएसन रूममा आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग भेट गर्नेछन्।

इरानले भने अमेरिकाले नाकाबन्दी नहटाए ओमान सागर चिहानमा परिणत हुने चेतावनी दिएको छ । पूर्वआईआरजीसी कमाण्डर र इरानी सर्वोच्च नेताका सल्लाहकार मोहसेन रेजाईले अमेरिकालाई इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउन चेतावनी दिए। उनले यदि यो भएन भनेओमान सागर अमेरिकी सेनाको चिहान बन्न सक्ने चेतावनी दिए । 

अमेरिकाले अप्रिल १३ मा इरानी बन्दरगाहहरूको नाकाबन्दी शुरू गरेको थियो । राष्ट्रपति ट्रम्पले आफ्नो सर्तहरूमा शान्ति सम्झौतामा नपुगुन्जेल यो जारी रहने बताएका छन् । 

अमेरिका र इरानबीच आणविक कार्यक्रम, प्रतिबन्ध र युद्ध क्षतिपूर्तिसम्बन्धी वार्ता फेरि एक पटक रोकिएको छ। इरानी मिडियाका अनुसार, अमेरिकाले इरानलाई ४०० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न र एउटा मात्र आणविक सुविधा सञ्चालनमा राख्न चाहन्छ । प्रतिक्रियामा इरानले यदि यस क्षेत्रमा सैन्य कारबाही बन्द भयो, प्रतिबन्धहरू हटाइयो र यसको सम्पत्ति रिहा गरियो भने मात्र उसले वार्ता गर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्