
बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ खुसिबु बस्ने नुवाकोट म्यागङ गाउँपालिका-६ घर भएका ५३ वर्षीय सुवास प्रधानलाई रहेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१६ नयाँबजारबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।