२३ असार २०८३, मंगलबार

काँकडभिट्टाबाट आधा किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

जेठ ४, २०८३
काठमाडौं
काँकडभिट्टाबाट आधा किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

 झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले आधा किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतबाट सिटी सफारीमार्फत नेपालतर्फ आउँदै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठकलाई ५७० ग्राम सुन तथा विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर २० हजार, भारतीय रुपैयाँ ८५ हजार ४१०, भारतीय आधार कार्ड १ थान, विभिन्न ब्रान्डका मोबाइल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक १ थान तथा सिमकार्ड ७ वटा समेत बरामद गरेको हो ।

पक्राउ परेका पाठकलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छसशस्त्र प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्