२८ जेठ २०८३, बिहीबार
सत्तापक्षबाटै असन्तुष्टिको स्वर

मधेश विस्फोटको स्थितिमा छ, समयमै उपचार खोजौं– अमरेशकुमार सिंह

जेठ ५, २०८३
काठमाडौं
मधेश विस्फोटको स्थितिमा छ, समयमै उपचार खोजौं– अमरेशकुमार सिंह

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारप्रति जनतामा असन्तुष्टि बढेको बताएका छन् । मधेश विस्फोटको स्थितिमा रहेको उनले बताए ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै अमरेशले मधेशमा असन्तुष्टि रहेको बताएका हुन् । ‘म भर्खर हिजो मात्र आएँ, सरकारलाई विनम्रतापूर्वक आग्रह गर्छु । मधेश विस्फोटको स्थितिमा छ,’ उनले भने, विस्फोट हुनुभन्दा पहिले त्यसको उपचार गरौं । किनभने न सत्तामा उसको अनुहार छ, न कुनै नियुक्तिमा । यस्तो ढंगले राज्य चल्दैन ।’

सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतामा मधेशलाई प्राथमिकतामा नराखिएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

रास्वपाले मधेशबाट सबभन्दा बढी भोट पाए पनि मधेशको लाइफलाइन रहेको हुलाकी राजमार्गलाई प्राथमिकतामा नराखिएकोमा उनले आपत्ति जनाए ।

सांसद सिंहले नयाँका नाममा सबै परम्परा भत्काउन नमिल्ने बताए ।

बजेटका सिद्धान्तमाथिको छलफलको क्रममा संसद्‌मा अर्थमन्त्री अनुपस्थित भएको भन्दै उनले नयाँका नाममा परम्परा भत्काउन नमिल्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्