२० असार २०८३, शनिबार
तयारीमा जुट्यो शीतलनिवास

नयाँ प्रधानन्यायाधीशको शपथ ६:१० बजे

जेठ ५, २०८३
काठमाडौं
नयाँ प्रधानन्यायाधीशको शपथ ६:१० बजे

नयाँ प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको पद तथा गोपनीयताको शपथ आजै मंगलबार साँझ सवा ६ बजे हुने भएको छ । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार शर्माको शपथ साँझ ६ बजेर १० मिनेटमा हुनेछ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथको तयारी गरिँदैछ । 

त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो । 

मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । 

समितिले उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गरेको थियो ।

समितिले प्रधानन्यायाधीशका लागि उनको नाम अनुमोदन गर्ने निर्णय भएको बारे राष्ट्रपतिलाई लिखित जानकारी गराइसकेको छ ।

सोही आधारमा राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेर शपथ दिलाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्