२५ जेठ २०८३, सोमबार

बिदा बसिन् न्यायाधीश मल्ल

जेठ ६, २०८३
काठमाडौं
बिदा बसिन् न्यायाधीश मल्ल
फाइल तस्वीर

सर्वोच्च अदालतकी न्यायाधीश सपनाप्रधान मल्ल बिदा बसेकी छन् ।

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् । 

मल्ल २० दिन बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । 

तर संवैधानिक परिषदले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्