१९ असार २०८३, शुक्रबार

वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गर्ने श्रममन्त्री यादवको प्रतिबद्धता

जेठ ६, २०८३
काठमाडौं
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गर्ने श्रममन्त्री यादवको प्रतिबद्धता

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन् । 

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यमान कानूनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताएका हुन् ।

उनले ठगीका विषयमा उजुरी आउनेक्रम जारी रहेको अवगत गराउँदै विद्यमान कानून र नियमावलीलाई संशोधनतर्फ पनि मन्त्रालयको ध्यान गएको स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्