१८ असार २०८३, बिहीबार

यी क्षेत्रमा वर्षाको सम्भावना

जेठ ७, २०८३
काठमाडौं
यी क्षेत्रमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो । 

 आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । 

महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक/दुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ । 
    
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । 
    
कोशी, बागमती र गण्डकीका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित  मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ । धनगढी, दिपायल र नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्