नेपाली कांग्रेसभित्रको विवाद पेचिलो बन्दै जाँदा संस्थापन इतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेको छ ।
संस्थापनले १५ औं महाधिवेशनको तयारी तीव्र बनाएको समयमा इतर समूहले कार्यालय खोल्दा कांग्रेस फेरि विभाजनमा जानेसम्मका टिप्पणी भएका छन् ।
इतर समूहको नेतृत्व गरेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेत पुगेर कांग्रेस विभाजनको डिलमा रहेको बताएपछि कांग्रेसको विवाद अझ उत्कर्षमा पुगेको छ ।
गगन थापासँग इतर समूहको माग के हो ? कांग्रेस नफुट्ने ग्यारेन्टी गर्न सक्दिनँ भन्नुको कारण के हो ? नयाँ पार्टी कहिलेसम्म बन्छ ? कुनै बेला नेविसंघभित्र क्रान्तिकारी छवि बनाएको नेता अहिले परिवर्तनको विपक्षमा किन ?
कांग्रेसको विशेष महाधिवेशनबाट विस्थापित नेताहरूको जमघटका लागि कार्यालय खोल्ने कामको अगुवाइ गर्ने कांग्रेसका पूर्व केन्द्रीय सदस्य कुन्दनराज काफ्लेसँग गरिएको कुराकानीहेर्नुहोस्, भिडियोमा: