२९ जेठ २०८३, शुक्रबार

बाँदर आतंक नियन्त्रण गर्न सरकारलाई सांसद राईको सात दिने अल्टिमेटम

जेठ ७, २०८३
काठमाडौं
बाँदर आतंक नियन्त्रण गर्न सरकारलाई सांसद राईको सात दिने अल्टिमेटम

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले बाँदर आतंक नियन्त्रणका लागि सरकारलाई सात दिनको अल्टिमेटम दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले सात दिनभित्र बाँदर समस्या समाधानको स्पष्ट योजना नल्याए सदन चल्न नदिने चेतावनी दिएका हुन् ।

सांसद राईले बिहान १० बजे धनकुटाबाट आएको एक स्थानीयको टेलिफोन गुनासो संसद्‌मा सुनाएका थिए । बार्दलीमा राखेको बच्चाको लुगा बाँदरले लगेको र शान्तिपूर्वक भात खान समेत नदिएको गुनासो आएको उल्लेख गर्दै उनले आम नागरिकलाई आफूले यसको जवाफ कसरी दिने भन्दै सरकारलाई प्रश्न गरे ।

कुनै मानिसले बदमासी गर्दा प्रहरीले समातेर जेल हाल्ने व्यवस्था भए पनि बाँदरले सयौं परिवारको उठिबास लगाउँदा समेत सरकार गम्भीर नभएको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरे । 'सात दिनभित्र बाँदर समस्या समाधान भएन भने सात दिन पछाडि सबै सदस्यहरूले यो कुरा उठाउनुहुन्छ र सदन चल्न गाह्रो हुन्छ,' राईले भने । 

salt training

कमेन्ट गर्नुहोस्