१५ असार २०८३, सोमबार
सरकारसँग विपक्षीको माग

गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहित विशेष राहत प्याकेज ल्याउन एमालेको माग

जेठ ७, २०८३
काठमाडौं
गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहित विशेष राहत प्याकेज ल्याउन एमालेको माग
फाइल तस्वीर

नेकपा (एमाले)ले गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

एमालेले इन्धनमा लगाएको दोहोरो कर घटाएर ग्यासमा राहत दिन पनि माग गरेको हो ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले महँगीमा पिल्सिएका जनतालाई राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेकी हुन् ।

‘इन्धनमा लगाइएको अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन सरकारसँग माग गर्दछु,’ अर्यालले भनिन्, ‘गरिब,  श्रमिक र मध्यम वर्गलाई लक्षित गरी विशेष राहत प्याकेज–नगर सहायता या अत्यावस्यक उपभोग्य वस्तुमा सहुलियतको व्यवस्था गरियोस् ।’

एमालेले स्थानीय तहसँग समन्वय गरेर किसानलाई रासायनिक मलको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्