१९ असार २०८३, शुक्रबार
संसद्‌मा प्रधानमन्त्रीको खोजी

प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग गर्दै संसद्‌मा विपक्षीको अवरोध

जेठ ७, २०८३
काठमाडौं
प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग गर्दै संसद्‌मा विपक्षीको अवरोध

प्रतिनिधिसभा नियमावली अनुसार संसद्‌मा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन् ।

नियमावलीमा रहेको प्रश्नोत्तर कार्यक्रम अनुसार प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन माग गर्दै विपक्षी दलले विरोध गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभामा आकस्मिक, शून्य र विशेष समयपछि बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला नेकपा एमाले, नेकपा र श्रम संस्कृति लगायतका विपक्षी दलका सांसद उठेर विरोध जनाएका हुन् ।

सभामुखसँग समय लिएर एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था भए पनि सो समय नतोकिएको भन्दै विरोध जनाएका हुन् ।

प्रधानमन्त्रीलाई झन् स्वेच्छाचारी बन्ने अवस्था सिर्जना भएको भन्दै उनले प्रधानमन्त्री सदनमा नआएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए ।

श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनलाई छल्दा लोकतन्त्रमाथि नै खतरा हुन थालेको हो कि भनेर चिन्ता लागेको बताए ।

सरकारका नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा पनि प्रधानमन्त्री बालेन नआएको भन्दै विपक्षी दलले विरोध जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्