२४ जेठ २०८३, आइतबार

ठमेलबाट नौ विदेशी महिला पक्राउ

जेठ ७, २०८३
काठमाडौं
ठमेलबाट नौ विदेशी महिला पक्राउ

काठमाडौंको ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी महिला पक्राउ परेका छन् । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । 

ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्