२३ जेठ २०८३, शनिबार

तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका ६ जनालाई काठमाडौं ल्याइयो

जेठ ८, २०८३
काठमाडौं
तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका ६ जनालाई काठमाडौं ल्याइयो

सशस्त्र प्रहरी बल (एपीएफ)को तालिमका क्रममा बेहोस भएका सात जना जवानमध्ये ६ जनालाई काठमाडौं ल्याइएको छ । 

उनीहरूलाई शुक्रबार करिब १:४५ बजे उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा शुक्रबार बिहान सात जना जवान बेहोस भएका थिए ।

बेहोस भएकामध्ये ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् सुर्खेत लगिएको थियो । थप २ जनाको अवस्था सामान्य रहेको बताइएको थियो । 

सुर्खेत लगिएका ५ जना र अर्का एक जना गरी ६ जनालाई काठमाडौं ल्याइएको हो ।

उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन् ।

दुई सय मिटर दौडका क्रममा उनीहरू बेहोस भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्