२४ जेठ २०८३, आइतबार

रुपन्देहीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

जेठ ८, २०८३
काठमाडौं
रुपन्देहीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोट छाप्ने र कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर र अन्य सामग्रीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत, उत्तर प्रदेश सिद्धार्थनगरका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ का २२ वर्षीय विकी भन्ने अनिल पासी रहेका छन्।
विशेष सूचनाका आधारमा जेठ ७ गते उनीहरूको लुक्ने ठाउँमा छापा मार्दा प्रहरीले ठूलो परिमाणमा नक्कली नोट र उपकरण फेला पारेको थियो। उनीहरूको साथबाट 'ङ २५ ०२४९१२' एउटै नम्बर रहेका ५०० दरका ३० थान नक्कली नोट बरामद भएको छ। यस्तै, कटिङ गर्न बाँकी रहेका १००, ५०० र १००० दरका ७ थान प्रिन्टेड पानाहरू पनि फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार, पक्राउ परेका व्यक्तिहरूमाथि मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्