२९ जेठ २०८३, शुक्रबार

बैंकका कर्मचारीलाई अतिरिक्त समय काम लगाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

जेठ ९, २०८३
काठमाडौं
बैंकका कर्मचारीलाई अतिरिक्त समय काम लगाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी काममा खटाए अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिन निर्देशन दिएको छ। 

एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै राष्ट्र बैंकले कुनै पनि कर्मचारीलाई कार्यालय समय बाहेकको अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने र विशेष अवस्थामा काममा खटाउनुपरे प्रचलित कानुन बमोजिम अतिरिक्त पारिश्रमिक (ओभरटाइम) उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो।

नयाँ निर्देशनअनुसार अब बैंकहरूले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अशिक्षित ग्राहकका लागि अनिवार्य रूपमा विशेष काउन्टरको व्यवस्था पनि गर्नुपर्नेछ।

 प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखालाई अपाङ्गमैत्री बनाउनुपर्ने र यस्ता शाखाहरूको विवरण वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्