११ साउन २०८३, सोमबार

ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए

जेठ १०, २०८३
काठमाडौं
ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका बेला शनिबार साँझ ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलेको छ । उक्त घटनामा एक संदिग्धको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको छ ।

अमेरिकी गोप्य सुरक्षा निकाय सिक्रेट सर्भिसका अनुसार एक व्यक्ति ह्वाइट हाउस नजिक १७ औं स्ट्रिट र पेन्सिल्भेनिया एभिन्युस्थित सुरक्षा जाँच चौकीमा पुगेका थिए । उनले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफी फायर गरेको थियो ।

सिक्रेट सर्भिसले जारी गरेको विज्ञप्तिअनुसार गोली लागेर घाइते भएका संदिग्धलाई अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनाका क्रममा एक सर्वसाधारण पनि गोली लागेर घाइते भएका छन् । तर उनलाई लागेको गोली कसले चलाएको थियो भन्ने अझ स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । घाइतेको अवस्था पनि खुलाइएको छैन ।

रोयटर्ससँग कुरा गर्दै एक कानून कार्यान्वयन अधिकारीले ती संदिग्ध मानसिक रूपमा अस्थिर व्यक्ति रहेको बताएका छन् । उनका अनुसार ती व्यक्तिविरुद्ध यसअघि ‘स्टे-अवे अर्डर’ अर्थात् निश्चित क्षेत्र नजिक नजान आदेशसमेत जारी गरिएको थियो ।

घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते नभएको सिक्रेट सर्भिसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्