२२ असार २०८३, सोमबार

'सामसङ सेभिङ डेज' अफर : आवश्यक होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट, २४ महिनाको ईएमआई

जेठ १०, २०८३
काठमाडौं
'सामसङ सेभिङ डेज' अफर : आवश्यक होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट, २४ महिनाको ईएमआई

​​सामसङ नेपालले 'सामसङ सेभिङ डेज' अफर घोषणा गरेको छ । जसअन्तर्गत वाशिंग मशिन/रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरू अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो ।

यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ । जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा घर अपग्रेड गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो अफरअन्तर्गत ग्राहकहरूले छानिएका वाशिंग मशिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट पाउन सक्छन्।

साथै, २४ महिनासम्मको extended EMI सुविधा पनि उपलब्ध छ, जहाँ वाशिंग मशिनको किस्ता मासिक १ हजार ३७० रुपैयाँदेखि र रेफ्रिजरेटरको किस्ता मासिक १ हजार ४०८ रुपैयाँ देखि शुरू हुन्छ।

यसले महिनाको किस्ता कम हुने भएकाले घरको बजेटमा सहजै मिल्ने बनाउँदै चाहिने होम अप्लाएन्स अपग्रेड गर्न सजिलो बनाउने कम्पनीको विश्वास छ ।

null

salt training

कमेन्ट गर्नुहोस्