१७ असार २०८३, बुधबार
राष्ट्रपतिलाई सम्बोधनका लागि पत्राचार

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने/नगर्ने अनिश्चित

जेठ ११, २०८३
काठमाडौं
गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने/नगर्ने अनिश्चित

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका छन् ।

यही जेठ १५ गते हुने समारोहलाई सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनले राष्ट्रपति पौडेललाई पत्राचार गरेका हुन् । राष्ट्रपतिलाई सम्बोधन गर्ने अनुरोध गर्ने विषयमा मन्त्रिपरिषद् बैठकबाटै निर्णय भएको बताएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने/नगर्ने अनिश्चित छ । तर, सम्बोधनका लागि राष्ट्रपतिलाई भने पत्राचार गरिसकिएको छ । मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्‍याइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

सरकारले हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गर्छ । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरूले सहभागिता जनाउँछन् ।

यसअघि समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । 

संसद्‌मा सम्बोधन गर्नुपर्ने भन्दै विपक्षी दलले सदन अवरोध गरिरहेको सन्दर्भमा प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसको सार्वजनिक समारोहमा पनि नबोल्ने नीति लिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्