३० जेठ २०८३, शनिबार

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर

जेठ ११, २०८३
काठमाडौं
दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार सोमबार अभियोगपत्र दर्ता भएको हो । 

‘गोला तानिसकेपछि दिउँसो मात्र अभियोगपत्र आएकाले अब भोलि मंगलबार मात्र त्यसमाथि सुनुवाइ हुनेछ,’ यादवले लोकान्तरसँग भने ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुर अन्तर्गत मुद्दा दायर भएको यादवले खुलाए ।

प्रसाईं हाल प्रहरी हिरासतमा छन् । 

उनी अघिल्लो हप्ता वीरगञ्जमा पक्राउ परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्