२३ जेठ २०८३, शनिबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

जेठ ११, २०८३
सर्लाही
भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागमती नगरपालिका- २ सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान छन् ।

उनलाई बरहथवा नगरपालिका- १२ लौकट गाउँबाट एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब १ सय ग्राम र फलामको छर्रा ८० थानसहित सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हीरापुरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्