२९ जेठ २०८३, शुक्रबार

ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

जेठ ११, २०८३
काठमाडौं
ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
फाइल फोटो

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युरोपेली सङ्घ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भोलि संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री बालेनले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि चैत २५ गते प्रधानमन्त्रीले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्