२४ जेठ २०८३, आइतबार

प्युठानमा सात थान एकनाले भरूवा बन्दुक बरामद

जेठ ११, २०८३
काठमाडौं
प्युठानमा सात थान एकनाले भरूवा बन्दुक बरामद

प्रहरीले प्युठानमा सात थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ । 

नौबहिनी गाउँपालिका-७ लेखखर्कस्थित खानेपानी ट्याङ्की नजिक खोचबाट एकनाले भरूवा बन्दुक ३ थान बरामद गरेको हो ।

यस्तै, सोही गाउँपालिका-७ स्याउले डाँडाखर्कस्थित ढुङ्गाको ओडारबाट एकनाले भरूवा बन्दुक ४ थान सोमबार बिहान प्रहरीले बरामद गरेको जनाएको छ । 

प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्