
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
सरकारले २०८० चैत १३ गते समस्याग्रस्त घोषणा गरेको सो सहकारीको रकम असुली प्रक्रियालाई अगाडि बढाउन समितिले यस्तो कदम चालेको हो।
समितिको वैशाख २३ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको नामावलीमा विभिन्न प्रकारका व्यावसायिक, व्यक्तिगत र ओभरड्राफ्ट ऋण लिने व्यक्तिहरूको विवरण समावेश छ। समितिले उपलब्ध गराएको नामावलीमा ऋणीको नाम, खाता नम्बर र सम्पर्क नम्बर समेत उल्लेख गरिएको छ।
समितिका सदस्य सचिव रविन ढकालका अनुसार ऋण लिएर लामो समयदेखि चुक्ता नगरेका कारण बचतकर्ताहरूको रकम फिर्ता गर्न समस्या भएपछि नामावली सार्वजनिक गर्नुपरेको हो। आजै समितिले अरु चार सहकारीका ऋणीको पनि विवरण सार्वजनिक गरेको थियो ।