२३ जेठ २०८३, शनिबार

रसुवाको बेत्रावती बजारमा २ दिनमा ५७ हजार अमेरिकी डलर बरामद

जेठ १२, २०८३
काठमाडौं
रसुवाको बेत्रावती बजारमा २ दिनमा ५७ हजार अमेरिकी डलर बरामद

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजारबाट ५७ हजार अमेरिकी डलरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।​

आइतबार एक यात्रुवाहक बसमा प्रहरीले जाँच गर्दा धादिङ गंगाजमुना गाउँपालिका–५ का सुशील गुरुङलाई ४३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो । उनी काठमाडौंबाट टिमुरेतर्फ जाँदै थिए ।

सोमबार पनि बेत्रावती बजारमै काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेका ओखलढुंगाको ठूलाछाप गाउँपालिका–२ का मीनबहादुर मगरलाई १४ हजार पाँच सय अमेरिकी डलरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार पक्राउ परेका दुवै पर्यटक गाइडको रूपमा काम गर्दै आएका थिए ।

तर, उनीहरूसँग डलरको स्रोत खुल्ने कागजात नभएकाले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुझाइएको शाहले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्