
स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।