२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा बैठक

विपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

जेठ १२, २०८३
काठमाडौं
विपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए ।

आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए ।

विपक्षी बेन्चमा रहेका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै सभामुख अर्यालले बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । 'सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहुन्छ,' उनले भने ।

आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात् विपक्षी दलहरूले विरोध शुरू गरेका थिए ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सांसद अशोकुमार चौधरी, सुशील खड्का र जगदीश खरेलले भाग लिइरहँदा समेत विपक्षी दलको विरोध कायमै रह्यो ।

लगातार विरोध भएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्