
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले मंगलबार बिहान श्रीमतीलाई कुटपिट गर्दा ४२ वर्षीया ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
श्रीमानको कुटपिटबाट गम्भीर भुजेललाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
यसैगरी, मकवानपुरकै भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित निर्माणाधीन तराई मधेश द्रुतमार्गको सुरुङमा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ ।
काम गर्ने क्रममा सुरुङमा प्रयोग हुने रिपिट तथा ढुङ्गा (फलामबाट बनेको उपकरण) खस्दा चोट लागेर कामदार बर्दिया जिल्ला घर भएका ३० वर्षीय रामगोपाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकामा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।