२७ जेठ २०८३, बुधबार
प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने

प्रधानमन्त्री बालेनले एक हप्ताभित्र सदनमा सांसदका प्रश्नको जवाफ दिने

जेठ १२, २०८३
काठमाडौं
प्रधानमन्त्री बालेनले एक हप्ताभित्र सदनमा सांसदका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री वालेन्द्र (बालेन)ले अन्ततः सदनमा सम्बोधन गर्ने भएका छन् ।

विपक्षी दलले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै अवरोध गरिरहेका बेला सत्तापक्षले यस्तो जानकारी गराएको हो ।

सत्ता पक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिने बताए । उनले सदनमा भइरहेको अवरोधका विषयमा आफूले मंगलबार पनि प्रधानमन्त्री बालेनको सचिवालय सदस्यहरूसँग कुरा गरेको बताए ।

उनले संसद् वादविवाद नभएर छलफलबाटै समाधान निकाल्ने थलो भएकाले यसमा आफूहरू पनि गम्भीर रहेको बताए । ‘प्रधानमन्त्री सदनमा आउनुहुन्छ । सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सभामुखमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु’ उनले भने ।

यसअघि मंगलबार नै सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन संसद्‌मा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका थिए । संसद्‌मा विपक्षी दलले गरेको मागबारे बालेन जानकार रहेको उनले बताएका थिए ।​

​मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफ्नो नियमित संवाद भइरहेको र छिट्टै संसदमा आएर जवाफ दिने जानकारी गराएका हुन् ।

‘हामी केही दिनदेखि एउटै विषयमा प्रवेश गरिरहेका छौं, प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको जवाफ दिनुपर्‍यो । जुन विषय अत्यन्त जायज छ, जनताको माग पनि त्यही हो । यस विषयमा हामीले विपक्षी दलसँग पटकपटक संवाद गरेका छौं,' सभामुख अर्यालले भने, 'सत्तापक्षसँग पनि संवाद भएको छ । सरकारसँग र स्वयं प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्रीले संसदमा आउने तयारी गर्नुभएको छ । यो भन्दा अगाडि पनि भनेको थिए, सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्