२४ जेठ २०८३, आइतबार

ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सन्‌राइज बैंकबीच सहकार्य

साना व्यवसाय र महिला उद्यमीका लागि वित्तीय पहुँच विस्तार गर्न २ करोड ५० लाख अमेरिकी डलरको कर्जा सम्झौता
जेठ १३, २०८३
काठमाडौं
ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सन्‌राइज बैंकबीच सहकार्य

बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सन्‌राइज बैंक लिमिटेडबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको छ।

यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्नु रहेको जनाइएको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ।

तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशतले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन् । 

यस लगानीमार्फत लक्ष्मी सन्‌राइज बैंकले क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ । जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने बैंकले जनाएको छ ।

यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पुँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्