
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
मंगलबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै चालू आवमा आथिृक वृद्धिदर ३.८५ प्रतिशत हुने बताएका हुन् ।
प्रतिनिधि सभामा अर्थमन्त्री डा. वाग्लेले मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र कुल प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर हुने अनुमान गरिएको बताएका छन् ।