
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका क्षेत्रीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
सहायक प्रवक्ता अधिकारीका अनुसार क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।