२५ जेठ २०८३, सोमबार
जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन

सुशीला, ओमप्रकाश, सुधन गुरुङदेखि गौरीबहादुर कार्कीसम्मलाई अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिस

जेठ १३, २०८३
काठमाडौं
सुशीला, ओमप्रकाश, सुधन गुरुङदेखि गौरीबहादुर कार्कीसम्मलाई अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्रीहरू ओमप्रकाश अर्याल र सुधन गुरुङ लगायतमाथि जेनजी आन्दोलनसम्बन्धी घटना सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ ।

बुधबार सार्वजनिक भएको मानव अधिकार आयोगको प्रतिवेदनमा कार्की, अर्याल लगायतमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरिएको छ ।​

यसका अलावा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल लगायतमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

यसैगरी, जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्की, पूर्व सचिव भीम उपाध्यायदेखि दुर्गा प्रसाईंसम्म माथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

हेर्नुहोस्, प्रतिवेदनको अंश

null


 

salt training

कमेन्ट गर्नुहोस्