
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मितिको निर्णयअनुसार १९ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रालयले वैशाख ३० देखि जेठ ११ गतेसम्मका विभिन्न निर्णयहरूबाट उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
यसरी जिम्मेवारी हेरफेर हुनेमा ७ जना उपसचिव र अन्य शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरू रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।